विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट
शुक्रबार, असार ३ २०७९

काठमाडौैं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको १५ लाख कित्तामध्ये १३ लाख कित्ता साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज उक्त आईपीओ बाँडफाँट गर्दै १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएको जनाएको हो ।
सो आईपीओका लागि १७ लाख ९१ हजार ८ सय ९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । त्यसअनुसार १७ लाख ८९ हजार १५७ जनाको योग्य आवेदन परेको थियो ।
कम्पनीले निष्कासनमा ल्याएको १५ लाख कित्तामध्ये आज सर्वसाधारणका लागि निष्कासन गरिएको १३ लाख ६५ कित्ता मात्रै बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया
सबै