www.zoom app free download zoom duo app download download app zoom meeting zoom installation failed error 3000 download free version of zoom
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

क्यानडा र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एकजना पक्राउ

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । पोखरा र काठमाडौंका युवतीलाई क्यानडा पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेको छ ।

परिसरका एसपी दिनेशराज मैनालीले काठमाडौं प्रहरी परिसरले बाराको जितपुर सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको बताए । उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट ४ दिन म्याद थप भएको छ ।

पोखराका २२ वर्षीया युवतीलाई क्यानडा पठाइइदिन्छु भनेर ११ लाख ७१ हजार रुपैयाँ लिएको तर क्यानडा नपठाएको खुलेको छ । उनले डिपेन्डेन्ट भिसामा पठाइदिन्छु भन्दै पहिले पैसा लिएको एसपी मैनालीले बताए ।

यस्तै, पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भन्दै ९ लाख ७५ हजार रुपैयाँ ठगेको आरोप छ । दुवै जनाले परिसरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया सबै