९ बैशाख २०८१, आईतवार Sunday 21 April, 2024

एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ

 शनिबार, असार ४ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको दाबी गरेका छन् ।

नेता श्रेष्ठले एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने आशंका रहेको बताएका छन् ।

एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरुमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको उनको भनाई छ ।

प्रतिक्रिया सबै