४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कसले जित्ला ‘मिस नेपाल २०२२’को उपाधि ?

 शनिबार, असार ४ २०७९  

काठमाडौं । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ । कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुन लागेको हो ।

आज बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । ८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।

आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । बिजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

प्रतिक्रिया सबै