zoom meeting download windows 10 deutsch - zoom meeting download windows 10 deutsch ksu zoom download zoom offline install zoom app windows 10 pc - zoom app windows 10 pc zoom meeting zoom meeting - zoom meeting zoom meeting zoom download for pc laptop - zoom download for pc laptop zoom meeting free download windows version
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान

 शनिबार, असार ४ २०७९  

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा लेवनाल प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका छन् । जंगी अड्डाले प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन लेवनान भ्रमण गर्न लागेको जनाएको छ ।

शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनएनएफआइएल मिसन र त्यसपछि सिरिया स्थित युएनडिओएफको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरिया, युनएनएफआइएल मिसन र युएनडिओएफ का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नेछ । त्यसपछि लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी रक्षा सचिवसहित सात सदस्यीय सहितको टोली असार १० गते स्वदेश फिर्ता हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया सबै