zoom pcr test zoom link to download zoom app for church join zoom meeting with id & passwords list zoom us join meetings
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

दाङमा एक युवतीमाथि सामूहिक बलात्कार

 शनिबार, असार ४ २०७९  

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका—५ बस्ने युवतीमाथि

चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको हो । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर—५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको एसपी काफ्लेले बताए ।

प्रहरीले युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको बताएको छ । पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो । पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया सबै