zoominfo stock price zoom search engine download download zoom installer exe dolly zoom download download zoom meeting for windows 10 64 bit download zoom offline installer for windows zoom install for windows10 permanently - zoom install for windows10 permanently
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

समाजसेवा गर्न नेपाल आएकी मिरुना कसरी बनिन् नायिका ?

 शनिबार, असार ४ २०७९  

काठमाडौं । अभिनेत्री मरुना मगरले चलचित्र ‘लालपुर्जा’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । हङकङमा जन्मिएकी मिरुनालाई २ बर्षको उमेरमा आमा शशी थापा सुब्बाले  धरानमा ल्याइएकी थिइन् । उनी १२ बर्षसम्म धरानमै हुर्किइन् । हाल स्थायी बसोबास भने बेलायतमा छ । उनका पिता बेलायती नागरिक र आमा नेपाली हुन् । मिरुना २०७२ सालको भूकम्पपछि समाजसेवाको उद्देश्यले नेपाल आएकी थिइन् ।

नेपालमा जुन संस्थासँग काम गर्न नेपाल आएकी थिइन् तर त्यो संस्थाले वेवास्ता गरेपछि मिरुना समयको सदुपयोग गर्न अभियन सिक्न थालिन् । तीन महिने कोर्स पूरा गरिन् । कोर्सको अन्तिममा उनको ब्याचले नाटक देखाउनुपर्थ्यो । मिरुनाका साथीहरूले ‘कथादेश ३’ निर्माण गर्ने भए । उनी लण्डन जाने कि नेपालमै बसेर नाटकमा अभियन गर्ने भन्ने दोधारमा परिन् । अन्ततः छुट्टी लम्बाउने निर्णय गरिन् । मिरुनाको यो निर्णणले उनलाई नेपाली फिल्म क्षेत्रमा ल्यायो ।

मिरुनाकी आमा पनि नाट्यकर्मी हुन् । आमाले सानैदेखि नाटक देखाउने ठाउँमा सँगसँगै लैजाने गर्दथ्यो । मिरुनालाई त्यसको गहिरो छाप पर्दै गएको थियो । आमासँगै प्रहरी कार्यालय, अड्डा अदालत, नाटकघर, कविगोष्टीमा गएको सम्झना मिरुनालाई छ । बेलायत पुगेपछि उनले फरक संस्कृति र परम्परामा रुझ्नुपर्‍यो । त्यसले मिरुनालाई थप सिक्ने वातावरण दियो । नेपालमा फिल्म क्षेत्रमा जम्न थालेकी मिरुना समाजशास्त्रमा स्नातक गरिेकी छन् । उनले अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर्स गरेकी हुन् । उनले अभियनय गरेका कतिपय फिल्म लकडाउनका कारण प्रदर्शनमा पनि आएका छैनन् । तर उनको माग बढ्दो छ ।

उनलाई ‘लालपुर्जा’ मा अफर आएको हो । यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन । ‘लालपुर्जा’पछि उनले ‘रोज’, ‘साइनो’ ‘चचहुईं’ लगायतका चलचित्रमा काम गरिन् । तर, यी सबै चलचित्रले बक्स अफिसमा खासै सफल्ता लिन सकेन । मिरुनाले हाल ‘कबड्डी ४’बाट पहिलोपटक सफलताको स्वाद चाखेकी छन् । यससँगै करिअरले नयाँ गति लिने आशा पनि उनले राखेकी छन् ।

यतिबेला नेपाली चलचित्रको ईतिहासमा बेग्लै छाप बसाउन सफल चलचित्र कबड्डीको सिरिज ‘कबड्डी-४’ नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय देशका हलहरुमा प्रदर्शन भइरहेको छ । अहिले यस फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।
‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको हो ।

यो फिल्म शुक्रबारदेखि सिक्किमबाहेकका भारतीय राज्यमा प्रदर्शनमा आएको छ । भारतमा ओपनिङ राम्रो रहेको विवरण प्राप्त भएको निर्माता तथा निर्देशक रामबाबु गुरुङको भनाई छ । फिल्मको शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु भएको छ । चौथो सप्ताहन्तमा फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ । फिल्मले दोस्रो साताको अन्त्यमा ‘छक्का पञ्जा ३’को ओपनिङ रेकर्डलाई उछिनेको थियो ।

‘कबड्डी ४’ले अझै पनि अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हल ‘होल्ड’ गर्दा ‘चिसो मान्छे’ ती ठाउँमा प्रदर्शन हुन सकेको छैन । ‘कबड्डी ४’ विदेशमा २ करोड २१ लाख रुपैयाँ नेटमा बिक्री भएपनि ग्रस कलेक्सन १० करोड जति हुने प्रक्षेपण छ ।

कबड्डी-४ का अभिनेत्री मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ । अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त पनि गरिन् ।

आफ्नो फेसबुकमार्फत मिरुनाले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी हुन् । ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै उनले भनेकी छन्,– ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

फोटो : मिरुनाको फेसबुकबाट

 

 

यो पनि

कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन : नायिका मिरुना

मिरुनामाथि निर्देशकले नै गरेका थिए ह्यारेसमेन्ट, पाँच बर्ष अघिको घटना यसरी राखियो गुपचुप

प्रतिक्रिया सबै