१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

नेपालीले औँठी ल्याउँदा भन्सारमा रोक्ने विदेशिले ‘सुनको लौरो’ ल्याउँदा नरोक्ने !

 शनिबार, असार ४ २०७९  

काठमाडौं । तीन दिने भ्रमणका लागि दुबईका राजकुमार जुमा अल मोक्तुम नेपाल आएका छन् । उनी शनिबार श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका हुन् ।

उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्वागत गरेका थिए । प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो पनि उपहार ‘हस्तान्तरण’ गरे ।

स्रोतका अनुसार राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन् ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ । झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको अस्पताल स्रोतले बतायो ।

वैदेशिक रोजकारमा गएका श्रमिक नेपालीलाई भने बिदेशबाट आउदा एउटा औँठीसम्म भन्सारमा रोक्ने तर सुनको लौरो विदेशिले ल्याउँदा चाहिँ नरोक्ने भन्दै समाजिक सञ्जालमा अहिले विरोध हुन थालेको छ ।

विदेशबाट आउने यात्रुहरुले के ल्याउन पाउँछन् के पाउँदैनन् ? हेर्नूहोस् सूचना

 

 

 

प्रतिक्रिया सबै