४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

एसपीपी ओली सरकारकै पालामा अघि बढेको हो : विश्वप्रकाश शर्मा

 शनिबार, असार ४ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाइएको बताएका छन् ।

शनिबार ललितपुरको पाटनढोकामा कांग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा ओली नेतृत्वको सरकारकै पालामा एसपीपी अघि बढाइएको दाबी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेले संसदमा कांग्रेसमाथि आक्षेप लगाएको २४ घण्टा नबित्दै ओली नेतृत्वकै सरकारले एसपीपी अघि बढाएको खुलासा भएको महामन्त्री शर्माले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी अघि नबढाउने स्पष्ट पारिसकेको पनि उनको भनाई छ ।

शर्माले उनले भने, ‘प्रधानमन्त्री देउवाले प्रष्ट रुपमा भनिसक्नु भएको छ। नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखी यो प्रकारको कुनै पनि सन्धि, सम्झौतामा नेपाल देशले हस्ताक्षर गर्दैन। हामी यसमा सहमत हुँदैनौं। सहभागी हुँदैनौं। त्यो आफ्नो ठाउँमा छ भनिसक्नुभएको छ ।’

प्रतिक्रिया सबै