११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

 शनिबार, असार ४ २०७९  

काठमाडौँ । इनार सफा गर्ने क्रममा चितवनमा दुई जनाको मृत्यु भएको छ । चितवनको माडीमा इनार खन्ने क्रममा निसासिएर दुईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए ।

पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ । सांकेतिक तस्वीर

प्रतिक्रिया सबै