भुटानी शरणार्थीका नेता भम्पा राईको निधन
आइतवार, असार ५ २०७९
काठमाडौं । भुटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो ।
राई तीस वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । उनले झापामा रहेका भुटानी शरणार्थीको स्वेदश फिर्ताको आन्दोलनको नेतृत्व गर्दै आइरहेका थिए ।
प्रतिक्रिया
सबै