एमालेले एसपीपीलाई चुनावी एजेण्डा बनाउन खोज्यो : प्रकाशशरण महत
आइतवार, असार ५ २०७९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् ।
आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय चुनावपछि एमाले एजेण्डाविहीन बनेको भन्दै सरकारविरुद्ध अनर्गल प्रचारमा लागेको दाबी गरेका छन् ।
‘यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले नेपालले कुनै देश या समय हेरेर नभइ स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
सबै