९ फाल्गुन २०८०, बुधबार Wednesday 21 February, 2024

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न- संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ?

 आइतवार, असार ५ २०७९  

काठमाडौं । अमेरिका भ्रमण, एसपीपी विवादलगायतका विषयमा जवाफ दिन बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बैठक बंक गरेपछि सांसदहरूले टिकाटिप्पणी गरेका छन् ।

बैठकमा एमाले सांसद भीम रावलले प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको भन्दै आपत्ति जनाएका छन् । उनले संसदका महत्वपूर्ण बैठकहरू छलेर प्रधानमन्त्री कहिले गठबन्धन बैठक त कहिले सेमिनारतिर गएको भन्दै विरोध गरेका छन् ।

‘संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ? यहाँ नआएर उता गठबन्धन बैठक गरिबस्ने । कहिले संसद छाडेर सेमिनारतिर जाने’, रावलले भने । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा जवाफ दिन नआएका प्रधानमन्त्री सत्तागठबन्धनको बैठकमा थिए ।

 

प्रतिक्रिया सबै