२ श्रावण २०८१, बुधबार Wednesday 17 July, 2024

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

 आइतवार, असार ५ २०७९  

काठमाडौ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ ।

एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको बताइएको छ ।

विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् । पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।

उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया सबै