download zoom conference zoom meeting download for pc windows 8 - zoom meeting download for pc windows 8 zoom free download for pc windows 10 why are pcr test results taking so long - why are pcr test results taking so long zoom client app download free tactiq for zoom download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

देउवा, प्रचण्ड र माधव नेपालबीच आगामी निर्वाचनसम्म गठबन्धन जोगाउने सहमति

 आइतवार, असार ५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पाँच दलीय गठबन्धन जोगाउने सहमति भएको छ ।

आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन जोगाउने आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सहमति गरेको हो ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जोगाउने सहमति भएको बताए ।

‘आज बसेको तीन नेताको बैठकले गठबन्धन जोगाउँदै चुनावको तयारी गर्ने निष्कर्ष निकालेको छ । चुनावको कमि कमजोरी समीक्षा गर्न ५ दलको बृहत बैठक राख्ने पनि सहमति भएको छ’, अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया सबै