प्रचण्ड र बाबुरामबीच समाजवादी केन्द्र निर्माणनबारे छलफल
आइतवार, असार ५ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी केन्द्र निर्माणनबारे छलफल भएको छ । उनीहरुबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार भेटवार्ता भएको हो ।
स्रोतका अनुसार लामो समयदेखि समाजवादी केन्द्र निर्माणको प्रयासमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको छ । प्रचण्डले नेता भट्टराईलाई जसपाबाट अलग्गिएर एमालेसँग मिल्न लागेकोबारे सोधेका थिए ।
उक्त भेटमा जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनेबारे पनि छलफल भएको स्रोतको भनाई छ । यसअघि पनि नेकपा कायमै हुँदा बाबुराम भट्टराई, प्रचण्ड र उपेन्द्र यादवबीच समाजवादी केन्द्र निर्माणबारे पटक पटक उपराष्ट्रपति पुनकहाँ नै बसेर छलफल भइसकेको बताइएको छ ।
प्रतिक्रिया
सबै