मूल्यवृद्धिविरुद्ध विराटनगरमा चक्काजाम
सोमवार, असार ६ २०७९

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धिविरुद्ध यातायात व्यवसायीले विराटनगरमा चक्काजाम गरेका छन् ।
यातायात व्यवसायीले पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा विराटनगरको राजवंशी चोक सवारीसाधन तेर्स्याएर यातायात अवरुद्ध गरेका छन् ।
यातायात व्यवसायीको अवरोधका कारण कोशी राजमार्ग हुँदै विराटनगर भित्रिने र विराटनगरबाहिर जाने सार्वजनिक सवारी साधन रोकिएको छ । नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजललगायत इन्धनमा मूल्यवृद्धि गरेको छ ।
आयल निगमले गएराति पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ वृद्धि गरेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
सबै