१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

‘चिसो मान्छे’लाई वर्ड अफ माउथको सहयोग

 सोमवार, असार ६ २०७९  

काठमाडौं । चलचित्र ‘चिसो मान्छे’लाई ‘वर्ड अफ माउथ’ले सहयोग गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको छ ।

चलचित्र निर्माण पक्ष तथा वितरकका अनुसार शुक्रबार बिहानको शो मा ५० देखि ५५ प्रतिशत अकुपेन्सी रहेको छ । भने दिउँसो र साँझको शोमा ८० दखि ९० प्रतिशत अकुपेन्सी पुगेको छ ।

वितरक करण केसीका अनुसार आइतबार ५५ देखि ६० प्रतिशत अकुपेन्सी रहेको र यो राम्रो भएको छ ।

अधिकांश समीक्षकको राम्रो प्रतिक्रिया आउनु र दर्शकको वर्ड अफ माउथ सकारात्मक हुनु चलचित्रको बलियो पक्ष भएको उनले बताए ।

गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘चिसो मान्छे’ देशभरका हलमा प्रदर्शन भइरहेको छ । दिर्नेशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा मुख्य भूमिकामा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाललगायत कलाकार छन् ।

प्रतिक्रिया सबै