देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ : रामचन्द्र पौडेल
सोमवार, असार ६ २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्।
सोमबार जिल्लाका सञ्चारकर्मीसँग निवासमै कुराकानी गर्दै उनले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको बताए ।
देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको पनि उनले बताए । ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।’
प्रतिक्रिया
सबै