१६ मंसिर २०८०, शनिबार Saturday 2 December, 2023

संसद्‌मा लालबाबु पण्डितको प्रश्न : प्रधानन्यायाधीश माथिको महाअभियोग कहिले अघि बढ्छ ?

 सोमवार, असार ६ २०७९  

काठमाडौं । संघीय संसद्को प्रमुखक प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्‌ सचिवालयमा दर्ता भएको महाअभियोगबारे प्रश्न गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग कहिले अघि बढ्छ भन्दै प्रश्न गरेका हुन् ।

‘यो सदनबाट महाअभियोग प्रस्ताव गर्न समिति बन्यो। सभामुखकै प्रस्तावबाट महाअभियोगमाथि छलफल गर्न जुन समीति बनेको थियो, त्यसले अहिले काम पाएको छैन। कहिले काम पाउने हो ?’, उनले भने ।

उनले महाअभियोगको प्रस्ताव दर्ता गर्ने प्रस्तावक नै प्रस्तावबाट भागेको पनि बताए । उनी महाअभियोग छलफल समितिका एमालेले सिफारिस गरेका सदस्य पनि हुन् ।

प्रतिक्रिया सबै