१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

एसपीपी बन्द गर्न देउवालाई गगन-विश्वप्रकाशको आग्रह

 सोमवार, असार ६ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय बन्द गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले सोमबार एसपीपीको विषय ‘क्लोज’ बन्द गर्न आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले पार्टीका तर्फबाट प्रधानमन्त्री देउवासँग एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरिएको बताए । उनले भने, ‘एसपीपी क्लोज गर्ने गरी संस्थागत रुपमा सरकारले केही गरोस् भन्ने कुरा प्रधानमन्त्रीसमक्ष राख्यौँ ।’ छलफलका क्रममा पार्टीको आन्तरिक जीवनका बारेमा पनि कुराकानी भएको उनले बताए ।

पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गरेको उनले बताए । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवासँग पूँजी बजारमा देखिएको समस्या समाधान गर्न, पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिमा गम्भीर भएर जनतालाई राहत दिन, पूर्व–पश्चिम रेल परियोजनाबाट प्रभावित मोरङका स्थानीयको माग सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया सबै