download latest zoom update zoom webinar download zoom meeting free download for windows 8 64 bit - zoom meeting free download for windows 8 64 bit download zoom free version india zoom app zoom download for pc free windows 8 - zoom download for pc free windows 8 download zoom for windows 10 64 bits
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सर्वोच्चको आदेशपछि जग्गा बन्धकी राखेर ऋण लिन बाटो खुल्यो

 सोमवार, असार ६ २०७९  

काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिन बाटो खुलेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

विष्णुबहादुर सुनुवारले उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया सबै