zoom cloud meetings free download for windows 10 join a zoom meeting with password zoom thailand download download zoom meeting free for windows download zoom cloud meeting windows 10 zoom client desktop download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

जारको नक्कली पानी बेच्ने २ जना पक्राउ

 सोमवार, असार ६ २०७९  

काठमाडौं । प्रहरीले जारको पानी नक्कली बेच्ने २ जनालाई पक्राउ गरेको छ । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

एसपी मैनालीका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको छ ।

प्रतिक्रिया सबै