ww.zoom.us download join zoom meeting with id & password protected zoom app for windows surface zoom meeting join id zoom app for students download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

महँगीले सर्वसाधारणको दैनिकी कष्टकर, आन्दोलन चर्काउने सरोकारवाला पक्षको घोषणा

 सोमवार, असार ६ २०७९  

काठमाडौं । महँगीले सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । तर, सरकारले महँगी नियन्त्रणका लागि कुनै पनि कार्य अपनाएको छैन । बजार महँगीले सीमा नाघेसँगै सरोकारवाला पक्षहरुले महँगीको मुद्दामा सरकारविरुद्ध आन्दोलन चर्काउने भएका छन् ।

राजनीतिक पार्टी, विद्यार्थी, उपभोक्ता, उपभोक्तावादी लगायतले महँगीविरुद्ध आन्दोलन गर्ने भएका हुन् । सोमबार्मात्र एक निर्णय गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धि गर्ने सरकारविरुद्ध सदन र सडक दुवैबाट आन्दोलन चर्काउने उद्घोष गरेको हो ।

पेट्रोलियम पदार्थको स्टक नसकिँदै मूल्यवृद्धि गरेर सरकारले अर्बौँ रुपैयाँ घोटाला गरेको समेत एमालेले आरोप लगाएको छ ।

यस्तै उपभोक्तावादी संघ संस्थाहरुले पनि मूल्यवृद्धिको विरोध गर्दै सरकारविरुद्ध कडा आन्दोलन गर्ने जनाएको छ । कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले सरोकारवाला निकाय, सम्बद्ध व्यक्तित्वहरु लगायत उद्योगी व्यवसायी र विद्यार्थीलाईसमेत आन्दोलनमा होमिन आह्वान गरिएको बताए ।

यो पनि पढ्नुहोस्

मूल्यवृद्धि रोक्न प्रतिपक्षी र सत्तारुढ दलका सांसदले गरे सरकारको ध्यानाकर्षण

प्रतिक्रिया सबै