४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

आज नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको नयाँ राजनीतिक दलको घोषणा हुने भएको छ । आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुनेछ ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् । रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले कार्यालय खोलेका हुन् ।

प्रतिक्रिया सबै