snapchat for zoom download zoom meeting gratis pc zoom 5.o download kyle zoom download download zoom pro for pc zoom online meeting free download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

दिगो र मूल्यवान् फूल सुनगाभा

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । विशेषगरी वसन्त ऋतुमै फुल्ने सुनगाभा फूलको सौन्दर्य पनि कम छैन । सुनगाभालाई सुनाखरी र अर्किड नामले पनि चिनिन्छ ।

चार हजार मिटरसम्मको उचाइमा फुल्ने सक्ने सुनगाभा सातदेखि १० दिनसम्म निरन्तर फुल्छ । सुनगाभा फूल सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि प्रयोग हुन्छ । विभिन्न रंगमा फुल्ने यो फूल निलो रंगमा भने कम फुल्ने पाइएको छ ।

बिरुवाको उत्पादन कसरी गरिन्छ ?

सुनगाभाको बिरुवा जैविक प्रविधिद्वारा प्रयोगशालामा उत्पादन गरिन्छ । बीउलाई केमिकलसँग सम्मिश्रण गरी पटमा राखेर सन्तुलित तापक्रम कायम गर्नुपर्छ ।

महँगो हुन्छ सुनगाभाको बल्ब

सबै सुनगाभाको बल्ब (गानो) मूल्यवान् हुँदैन । भेनला जातको सुनगाभा भने महँगो पर्छ । माडागास्कार र दक्षिणपूर्वी एसियामा पाइने भेनिला किलोको ६०० डलरसम्म पर्दछ । यो केक र आइसक्रिम बनाउन प्रयोग हुन्छ । नेपालमा पाइने डेन्ड्रोडियम, पिउनी लगायतका ५० भन्दा माथिका सुनगाभाको बल्ब औषधि बनाउन उपयोगी हुने भएकाले विदेश निर्यात हुन्छ । लामो समयसम्म बाँचिरहने र निरन्तर फुलिरहने भएकाले सौन्दर्यका साम्रगी उत्पादनमा यसको बढी प्रयोग गरिन्छ ।

पानी र मलजल

सुनगाभा एउटै हाँगामा दुई महिनासम्म पनि फुलिरहन्छ । एउटा फूल दुई—तीनसम्म फुल्छ र फेरि कोपिला लाग्छ । फुल्दै झर्दै जाने भएकाले यो लामो समयसम्म रहन्छ ।

सुनगाभा रुख र ढुंगामा बढी हुन्छ । घरमै फुलाउन गमलामा थोरै माटो, काठको टुक्रा र कोइला राख्नुपर्छ । यसको जरामा पानी जम्मा गर्ने सेल भएकाले कैयौं दिनसम्म पानी नहाल्दा पनि यो मर्दैन । हावाबाट चिसो पनि सोस्ने भएकाले मलजल हालिरहनु पर्दैन । धेरै पानी पनि नचाहिने भएकाले विशेष यस्तै गमला चाहिन्छ भन्ने छैन ।

कति पर्छ मूल्य ?

सुनगाभाको मूल्य प्रजाति हेरेर हुन्छ । दुर्लभ जातको सुनगाभाको मूल्य बढी पर्छ । २० वर्षअघि स्थानीय जातको सुनगाभाको बिरुवा चार हजार रुपैयाँमा बिक्री भएको थियो । अहिले तीन हजारदेखि १५ हजार रुपैयाँसम्ममा यसको बिरुवा बिक्री हुने गरेको छ । यसको दाना भने किलोको १० देखि ३० हजारसम्म पर्दछ ।

प्रतिक्रिया सबै