zoom .msi installer for admins download zoom 5.8.4 instructions to download zoom zoom meeting login with id zoom invite download join zoom meeting online free mic not working in zoom meeting windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

मल लिन किसानको घुइँचो, युरिया नपाउँदा निराश

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । प्रदेश नम्बर-१ का ग्रामीण भेगमा रासायनिक मल लिन सहकारी संस्थाका परिसरमा किसानको घुइँचो लागेको छ । किसानले सानो परिमाणमा डीएपी पाएका छन् । युरिया मल पाएका छैनन् ।

थोरै परिमाणमा उपलब्ध भएपछि ग्रामीण भेगमा वितरण गर्ने इजाजत पाएका सहकारी संस्थालाई मल वितरण गर्न समस्या भएको छ । प्राप्त मल नपाएपछि किसानहरूबीच लुछाचुँडीको अवस्था छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगरले सहकारी संस्थाहरूलाई थोरै परिणाममा मल उपलब्ध गराएको छ । मल अपुग भएपछि वितरणमा समस्या भएको हो ।

प्रदेश-१ को कृषि मन्त्रालयले पालिकाहरूलाई भाग लगाएर मल वितरण गर्ने प्रबन्ध गरिएको दाबी गरेको छ । तर, किसानले भने मध्य बर्खामा समेत मागेजति मल नपाउँदा धान रोपाइँमा समस्या भएको गुनासो गरेका छन् ।

प्रदेशको कृषि मन्त्रालयका अनुसार प्रदेश-१ मा केन्द्रबाट हालै चार हजार ६४ मेट्रिकटन डीएपी मल आएको थियो । प्राप्त मल प्रदेशका १४ वटै जिल्लामा पठाइएको छ । मोरङमा १,२५७, सुनसरीमा ८५०, धनकुटामा ८०, भोजपुर ८०, संखुवासभामा ८०, तेह्रथुममा ८०, खोटाङमा ४०, ओखलढुंगामा ३०, उदयपुरमा ९०, इलाममा १००, सोलुखुम्बुमा २०, झापामा ८५०, पाँचथर ७० र ताप्लेजुङमा ३० मेट्रिकटन मल पठाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका कृषि प्रसार सेवा अधिकृत अभिमन्यू अधिकारीले युरिया मल वितरण गर्ने विषयमा मंगलबार बैठक आयोजना गरिएको बताए । उनले भने, “युरिया मल पनि चाँडै वितरण हुने भन्ने जानकारी प्राप्त भएको छ ।”

प्रतिक्रिया सबै