भोलिदेखि नियमित उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले यही असार ८ देखि हेलिकप्टर तथा हवाइ कम्पनीका नियमित उडान स्थगित गर्ने निर्णय गरेको छ । संघले सरकारसँग विभिन्न माग अघि सार्दै यस्तो निर्णय गरेको हो ।
संघले ५ बुँदे माग सम्बोधन नभएसम्म अनिश्चितकालसम्म हवाइ उडान बन्द हुने जनाएको छ । तर, टिकट काटेको पैसा फिर्ता हुनेछ ।
वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले बताए । ‘२४/२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ । अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा धायान दिएको छ’, अध्यक्ष थापाले भने, ‘यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरू भएको छ।’
नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुमाथि दमन गरेको उनको भनाई छ । प्राधिकरणको दमनले ४० अर्ब रूपैयाँ लगानी भएको वायुसेवा धराशायी हुने उनले बताए । सोही कारण असार ८ गतेबाट सबै उडान बन्द गर्ने निर्णय गर्नुपरेको उनको भनाई छ ।
संघमा नेपालका निजी क्षेत्रका १६ हवाइ कम्पनी आबद्ध रहेका छन् । यसमा एयर डाइनेस्टी हेलि सर्भिस, एटिट्युड एयर, बुद्ध एयर, फिस्टेल एयर, गुण एयरलाइन्स, हेलि एभरेस्ट, हिमालय एयरलाइन्स, कैलाश हेलिकप्टर, मनाङ एयर, प्रभु हेलिकप्टर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, समिट एयर, तारा एयर, यती एयरलाइन्स संघमा आबद्ध रहेका छन् ।
यस्तो छ ५ बुँदे माग