३ आश्विन २०८०, बुधबार Wednesday 20 September, 2023

असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । असार १५ गतेदेखि हिमालयन हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ९८ हजार ४१३ कित्ता सामुहीक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । आइपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया सबै