मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ : नवीना लामा
मङ्लबार, असार ७ २०७९

काठमाडौं । नेकपा एमालेका सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले भनिन्, ‘मूल्यवृद्धिबारे संसदमा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएको जवाफ नालायक र गैरजिम्मेवार भएको बताउँछु ।’
मूल्यवृद्धिका कारण जानताको ढाड सेकिएको भन्दै उनले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनमा भएको प्रहरी दमनको विरोध पनि गरिन् ।
प्रतिक्रिया
सबै