सेयरबजारमा आज हरियाली
मङ्लबार, असार ७ २०७९

काठमाडौं । सेयरबजारमा आज हरियाली छाएको छ । बजार परिसूचक नेप्से ३७.४९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.८ अंकले बढेको हो ।
मंगलबार सेयरबजारमा २ सय ३१ कम्पनीको सेयर किनबेच भएको छ। दिनभरिमा २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीमा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको हो।
मंगलबार ३७ लाख कित्ता सेयर बिक्री भएका छन् । कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन्। ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ ।
आज आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। गुमाउने लगानीकर्ताले आज २।९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ । नेपाल टेलिकमको आज पनि सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।
प्रतिक्रिया
सबै