install zoom snap - install zoom snap zoom app windows 10 download download to zoom zoom portugues brasil download bulk download zoom recordings zoom 5.4.6 download zoom recording link download ms zoom download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

सरकार परिवर्तन नभएको भए लिपुलेक-लिम्पियाधुरा नेपालको भइसक्थ्यो : ओली

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकार परिवर्तन नभएको भए लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने बताएका छन् ।

पूर्वराजदूतहरुको समूहले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफूले प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको बताएका हुन् ।

कुनै देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याइ नभएको पनि टिप्पणी गरे । लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएकाले त्यो चाहियो भन्नु अर्घेल्याइ नभएको उनले बताए ।

कालापानी क्षेत्रमा हाल भारतीय फौज भएकाले नेपाल त्यहाँ प्रवेश गर्न नपाएको भन्दै उनले भने, ‘हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो । त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो। र, ६० वर्षदेखि त्यहाँ छ। कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं। यो बिल्कुल यथार्थ हो ।’

प्रतिक्रिया सबै