zoominfo technologies inc class a zoom download for windows 10 64 bit pc download zoom cloud meeting for windows 10 download windows zoom join zoom meeting online free install zoom client for all users - install zoom client for all users
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

काठमाडौंमा थप २ जनामा हैजा संक्रमणको पुष्टि, सतर्क रहन विज्ञको सुझाव

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।

अस्पताल स्रोतका अनुसार सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् । यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमुना संकलन गर्ने इडीसीडीले जनाएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन भन्छन्, ‘काठमाडौंमा हैजाको प्रवेश भइसक्यो । यो विस्तारै फैलँदैछ । किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान ।’ भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

हैजाका लक्षणमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाका माध्यमबाट जाने, अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने गर्छ ।

प्रतिक्रिया सबै