४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

बेहुलाको साइकलको सवारी ! ‘ज्वाइँको सरलताबाट सबैले सिक्नुपर्छ’

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गएको समयमा तनहुँको व्यास तनहुँको व्यास नगरपालिका—१० वैरेनीमा भने फरक दृश्यले सबैको ध्यान खिचेको छ ।

विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने चलन बढ्दै गएको भएको बेला वैरेनीका २६ वर्षीय विनोद सापकोटाले भने दुलही लिन साइकल सवारी गरेका छन् । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरुको पनि भिड लागेको थियो । केहीले त रोकेर सेल्फी पनि खिचेका थिए । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती भने बसमा ।

बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परेका थिए । बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भएका थिए । ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ’, दुलहीका बुबा पूर्णबहादुर भुजेलले भनेका छन् ।

यसअघि सापकोटाले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफू साइकल प्रेमी भएको बताउँछन् । ‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।’

प्रतिक्रिया सबै