zoom cloud meeting download for windows 10 is zoom a free app download zoom 64 bit zoom meeting app download for windows 10 free zoom login my account download zoom for free windows 10
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सबै आन्तरिक उडान बिहान ११ बजेदेखि नियमित संचालन हुने

 बुधबार, असार ८ २०७९  

काठमाडौं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित संचालन गर्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् ।

वायुसेवा सञ्चालक संघले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ । बुद्ध एयरले आज ११ बजेदेखि आन्तरिक हवाइ उडान सुचारु हुने जनाएको छ । मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया सबै