अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु, कैयौं घाइते
बुधबार, असार ८ २०७९

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान गएको भूकम्पमा परी हालसम्म २५० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्टिय सञ्चारमाध्यमको अनुसार पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ६ म्याग्निच्यूटको भूकम्पको कारण उक्त क्षति भएको हो ।
‘दुर्भाग्यवश हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गएको छ, जसले हाम्रा सयौं देशवासीको ज्यान लिनुका साथै र कैयौंलाई घाइते बनाएको छ। यस्तै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, अफगानिस्तान सरकारका प्रवक्ता बिलाल कारिमीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।
बुधबार बिहान गएको उक्त भूकम्पको कम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया
सबै