zoominfo technologies investor relations zoom deb download zoom cloud meetings download for windows 10 zoom meeting software download for pc how do i install an older version of zoom
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

साइकलमा बेहुला-बेहुली र साइकलमै जन्ती

 बुधबार, असार ८ २०७९  

काठमाडौं । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राएका छन् ।

सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राएका छन् ।

मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र प्रेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताए । ‘भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ’ बेहुला सापकोटाले भने ।

बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुगेका थिए । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए ।

दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिए । ‘यस्तो खालको विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भने । बेहुला सापकोटा साईकलका खेलाडी हुन् ।

 

प्रतिक्रिया सबै