६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

दुईसय किलोमिटर रेन्जदिने इलेक्ट्रिक स्कुटर नेपाल भित्रियो

 बुधबार, असार ८ २०७९  

काठमाडौं । नेपाली बजारमा एक पटकको चार्जमा दुई सय किलोमिटर गुड्ने इलेक्ट्रिक दुई पाङ्ग्रे स्कुटर भित्रिएको छ ।

आक्रमक बजार विस्तारको रणनीतिका साथ जम्वो मोटर्स प्रालिले २ घण्टामा फुलचार्ज हुने ब्रावो स्कुटर नेपालमा ल्याएको हो । रेट्रो डिजाइनमा बनेको यो स्कुटर लङ रेन्जको लागि बनेको दाबी कम्पनीले गरेको छ ।

हालसम्म नेपाली बजारमा २०० किलोमिटर माथि रेन्जको स्कुटर भित्रिएको थिएन । नेपालका लागी ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारीक वितरक जम्वो मोटर्स प्रालिले नेपालमै पहिलो पटक लङ रेन्ज स्कुटर भित्र्याएको हो ।

के के छन बिशेषता ?

नेपाली बजारमा आएको यो स्कुटरमा ३ किलोवाटको मोटर जडान गरिएको छ । दुई भेरियन्टको ब्याट्री अप्सनमा नेपाली बजारमा आएका यो स्कुटरमा २० एम्पीयर र ४० एम्पीयरको ब्याट्री पाउन सकिन्छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको जसलाई २ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

जम्वो मोर्टस्का निर्देशक बिनोद न्यौपानेले टेष्ट्र ड्राइभ कार्यक्रम सकिएपछि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । ‘स्कुटर नेपालमा नै दुई घन्टामा फुल चार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने पहिलो स्कुटर हो ।’

यो स्कुटरमा टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस लगायतका आकर्षक बिशेषता कम्पनीले उपलब्ध गराएको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य तीन लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया सबै