६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

मन्त्री फेर्ने विषयलाई गठबन्धनको बैठकमा उठाउने एकीकृत समाजवादीको निर्णय

 बुधबार, असार ८ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेरका विषयमा आफूले गरेको निर्णय कार्यान्वयनको विषय सत्ता गठबन्धनको बैठकमा उठाउने भएको छ ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार बुधबार बसेको बैठकले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग बुझ्ने तथा गठबन्धनमा उठाउने निर्णय गरिएको हो ।

‘हामीले मन्त्रीमण्डलमा रहेको हाम्रो टिम बदल्ने निर्णय गरेका छौं। सरकारले त्यो निरणय किकन कार्यान्वयन गर्न सकेन। तुरुन्तै कार्यान्वयन गर्नुपर्ने निर्णय गरेका छौं’, उनले भने ।

गठबन्धनको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष माधव नेपालले उक्त विषय उठाउने बताए । एकीकृत समाजवादीले १७ दिनअघि मन्त्रीमण्डल हेरफेरको निर्णय गरेको थियो । बजेटमाथि छलफल भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया सबै