भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

काठामाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने जनाएको हो । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।
समाचार एजेन्सी स्रोतका अनुसार भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको हो । उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको बताइएको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति पदबाट सम्मानित गर्नेमा केन्द्रित रहनेछ छ । सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गरेका थिए । सोमबार ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका थिए ।
Dr Shankar Prasad Sharma, Ambassador of #Nepal to #India called on General Manoj Pande #COAS and discussed aspects of Bilateral Defence Cooperation.#IndianArmy#IndiaNepalFriendship pic.twitter.com/6cn0VfDXsw
— ADG PI – INDIAN ARMY (@adgpi) June 20, 2022