१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन

 बुधबार, असार ८ २०७९  

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार भएकाहरूको खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सबै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा उनीहरूले गरेको खर्चको विवरण पेस गर्न निर्देशन दिएको हो ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका उम्मेदवारले हालसम्म खर्च विवरण बुझाए नबुझाएको यकिन गर्न आयोगले मातहतका सबै निर्वाचन कार्यालयहरूलाई पनि निर्देशन दिएको छ ।

साथै खर्च विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी आवश्यक कारबाहीका लागि सिफारिससहित आयोगमा पठाउन भनेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । फाइल फोटो

प्रतिक्रिया सबै