zoom win download install zoom app for windows 10 - install zoom app for windows 10 zoominfo technologies inc zi zoom roku app zoom app
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

देउवाले ‘म मर्न तयार छु तर, एसपीपी सम्झौता गर्दिनँ’ भनेपछि प्रचण्ड ढुक्क !

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘म मर्न तयार छु तर, एसपीपी सम्झौता गर्दिनँ’ भनेपछि आफु ढुक्क भएको बताएका छन् ।

बिहीबार ललितपुरका जनप्रतिनिधिलाई दिइएको प्रशिक्षणलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘यदि यो सम्झौता गर्नु भयो भने देउवालाई गठबन्धन तोडिन्छ भनेको थिएँ’, उनले भने, ‘तर प्रधानमन्त्रीले बरु मर्न तयार छु तर यो सम्झौता गर्दिन भनेका हुन्।’

त्यसपछि गठबन्धन बसेर एसपीपी अस्वीकार गरौँ भनेको उनले बताए । एसपीपीविरुद्धको नेतृत्व माओवादी केन्द्रले नै गरेको पनि उनले जिकिर गरे । यस्तै उनले आफ्नै जोडबलमा अमेरिकी सैन्य सम्झौता एसपीपीलाई गठबन्धन सरकारले अस्वीकार गरेको बताए ।

एसपीपी ठीक छैन भन्ने कुरा आफूले प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ गएर भनेको उनले बताए । उनले भने, ‘एमसीसी भन्दा एसपीपी अगाडि बढेर आएको छ। नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुँदैन ।’

एसपीपी सम्झौता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सन् २०१५ मा अघि बढाएको पनि दाबी गर्दै अध्यक्ष प्रचण्डले ‘एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेला, उनै रक्षामन्त्री पनि भएको बेलामा एउटा सहमति गरेर अघि बढेको थियो । एसपीपी नेपालमा त्यतिबेलै प्रवेश गरेको रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।’

यसअघि रितबहादुर खड्काको स्मृति सभामा पनि आफूले यो कुरा बोलेको बताए । ‘सन् २०१९ मा केपी ओली नै प्रधानमन्त्री हुँदा आईपीएसबारे राष्ट्रघात गरेका थिए। त्यो कुरालाई सम्झिँदै त्यतिबेलै एसपीपी स्वीकृत भएको कुरा सम्झियौँ। केपी ओली ले नै राष्ट्रघात गरेको हो । उसैले राष्ट्रघात गरेको हो। तर उनले गठबन्धनले गरेका हुन् भनेका छन्’, उनले भने ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खण्डन गरेको केही घण्टामै ओलीको पालामा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको उनले बताए ।

‘केपी ओली गुटका एकजनाले खण्डन गर्दै संसदमा प्रमाणित गर्न चुनौती दिएका थिए। तर दुई घण्टापछि पत्र नै फेला पर्यो । राष्ट्रघाती क्रियाकलाप सबै केपी ‌ओलीले नै गरेका हुन्। नेपाल सरकारको अनुमतिले नै यो चिठी लेखेको सेनाले भनेको छ। बोधार्थ रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई दिएको छ। त्यो काम नेपाली जनतालाई सिल्ली ठान्ने बेइमानी हो’, उनले भने ।

प्रतिक्रिया सबै