५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

मोरङका उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । विराटनगरका उद्योगी-व्यवसायीले आज पुनः सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । विराटनगरका उद्योगी व्यवसायीलाई ट्रेड युनियनहरूको समेत साथ छ ।

उद्योग संगठन मोरङको नेतृत्वमा विराटनगरका उद्योगी व्यवसायी र मजदुरहरूले सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा विरोध प्रदर्शन गरेका छन् । यस क्रममा उनीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।

व्यवसायीले तिरेका करबाट सरकार चलेको तर सरकारले व्यवसायी र मजदुर मार्ने नीति लिएको भन्दै प्रदर्शनमा सहभागीहरूले नारा लगाएका छन् । प्रदर्शनमा मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (ससीएनआई) को सहभागिता छ ।

यसअघि जेठ २७ गतेका दिन अर्थ मन्त्रालयले बजेट पास भएका भोलिपल्टै सच्याउने आश्वासन दिए पनि हालसम्म पनि कुनै चासो नलिएको बताइएको छ ।

प्रतिक्रिया सबै