११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने एमाले जनसंगठनको घोषणा

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।

बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भनिन । अन्य संगठनले पनि कार्यक्रम ल्याउने र मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुने उनले बताएकी छन् ।

प्रतिक्रिया सबै