zoom stickers download do i download zoom before i join a meeting join zoom meeting with id & password - join zoom meeting with id & password zoom download for laptop windows 10 - zoom download for laptop windows 10 zoom remote access download zoom download new version
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

फिफा वरीयतामा नेपाल ८ स्थानमा

 बिहिबार, असार ९ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ ।

जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप-२३ को तेस्रो चरणको छनोट खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् । नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ ।

 

प्रतिक्रिया सबै