मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रर्दशन
बिहिबार, असार ९ २०७९

काठमाडौं । नेकपा एमालेका भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार बेलुकी युवा संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको विरोधमा बुद्ध नगरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगायत नारा लगाएका थिए ।
पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेपछि सर्वसाधारणको जनजीवक कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया
सबै