४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट पठाएको रकम सीधै प्राप्त गर्न सकिने

 बिहिबार, असार ९ २०७९  

काठमाडौं। कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले जनाएको छ ।

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।
फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,००० भन्दा बढीको भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५०० प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया सबै