७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो ।यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।

यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।

 

प्रतिक्रिया सबै