zoom download for laptop uk - zoom download for laptop uk zoom app download pc why do pcr results take so long zoom meetng download zoom record meeting download install zoom msi gpo
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

बालबालिकालाई झाडापखालाबाट कसरी बचाउने ?

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । गर्मी तथा वर्षा याम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलन सक्छ । बालबालिकाहरू यसको जोखिममा धेरै पर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

के गरेमा धेरै जोखिम हुन्छ ?

स्तनपान नगराई बोतलको दूध खुवाइएका बच्चा, कुपोषित बालबालिका, दूषित खाना र पानी खाएका र व्यक्तिगत सरसफाईमा ध्यान नदिएका तथा खोप नपाएका बच्चा झाडापखाला र हैजाको जोखिममा बढी पर्ने गर्दछन् ।

हैजाका लक्षण

पेट दुख्ने, बान्ता हुने, तिर्खा लाग्ने, पातलो दिसा हुने झाडापखाला र हैजाको लक्षण हुन् ।

घरमै उपचार गर्न सकिन्छ

झाडापखाला भए घरमै पनि उपचार गर्न सकिन्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटकपटक खुवाउनुपर्छ । प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटकपटक खान दिनुपर्छ । नरम तथा सजिलै पच्ने खानेकुरा थोरैथोरै गरी पटकपटक खुवाइरहनुपर्छ । स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउनुपर्छ ।

कस्तो अवस्थामा तत्काल अस्पताल लैजाने ?

खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, धेरै तिर्खाएमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा तत्काल अस्पताल लैजानुपर्छ ।

पखाला लाग्नबाट बच्ने उपाय

पखाला लाग्नबाट बच्न सौचालयमा मात्रै दिसा पिसाव गर्नुपर्छ । दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । खाना बनाउनु, खुवाउनु र खानुअघि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउनुपर्छ। बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने, खाने पानीको मुहान सफा र सुरक्षित राख्नुपर्छ ।

प्रतिक्रिया सबै