११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

एकीकृत समाजवादीका १० सांसदद्वारा संसदीय दलको बैठक माग

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

नेपाललाई ध्यानाकर्षण बुझाउनेमा नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीसहित रहेको बताइएको छ । पार्टीले आफूहरूलाई मन्त्रीबाट फिर्ता गर्न गरेको निर्णयमा उनीहरूले ५ सर्त अघि सारेका थिए । त्यही असन्तुष्टिस्वरूप संसदीय दलको बैठक बोलाउन ध्यानाकर्षण गराइएको स्रोतले जनाएको छ ।

संसदीय दलको बैठक माग गर्दै लिखित निवेदन दिनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ छन् ।

त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया सबै